राम बुढाथोकी,

नेपाल मा लकडाउन गरेको यत्रो लामो समय बितिसक्दाकोरोना नियन्त्रण मा नेपाल सरकार खासै सफल भएको देखिदैन ।लक डाउन को बिच मा भारत बाट आउने नागरिक को संख्या दिनहु बढी रहेको छ ।

भने आएका नागरिक लाई सहि तरिका बाट व्यवस्थापन नहुदा परिक्षण को दर फितलो हुदा धेरै नागरिक संक्रमण को सिकार बन्दै गएका छ्न । यो लक डाउन को समय मा कोरोना नियन्त्रण को लागि प्रभावकारी ढङ्गबाट परिक्षण को दायर आवाश्यक अनुसार बढाएको देखिदैन । जति को निधन भएको छ सबैको रिपोर्ट मिर्तु भैसके पछि पोजेटिभ देखिनु ले नै कति प्रभावकारी भयो । भन्ने प्रस्ट बताउछ ।

यो लकडाउन को बिच मा हजारौं ले रोजगार गुमाएका छ्न भने सयौ साना तथा मझौला उद्योग हरु बन्द हुने अबस्था मा पुगिसकेका छ्न।अन्य देश बाट आउने नागरिक हरु लाई सहि व्यवस्थापन गरेको थियो भने आज न्युजिल्यान्ड जस्तै कोरोना को दर पनि नेपालले न्यून बनाइसक्यो। नाका एरिया बाट नेपाल मा प्रबेश गर्ने नागरिक लाई व्यवस्थापन सहि तरिका ले गर्न नसक्नु नै दुर्भाग्यपूर्ण भैदिएको देखिन्छ ।

क्वारेन्टाइन को अपुग्दा त्यस भित्र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप को क्वारेन्टाइन व्यवस्थापन नहुदा क्वारेन्टाइन मा रहेका नागरिक लाई समय मै परिक्षण नहुदा कति नागरिक क्वारेन्टाइन बाट भागेका खबर सुने सगै संक्रमण नभएका व्यतिलाइ क्वारेन्टाइन मा संक्रमण भएको सम्म समाचार आइरहेको छ । यो लक डाउन को बिच मा सरकार आफै विवाद मा तानियो भने कहिले mcc भन्दै विवाद मा फस्यो।

अनि कोरोना संक्रमण दर उच्च भए सगै नेपालि जनता घर भित्र रहदा पनि कर को ताकेता ले गर्दा सरकार प्रती नागरिक को बिश्वास घटेको देखिन्छ । यसरी लकडाउन को समयवधी बढाउने मात्र कोरोना नियन्त्रण को अन्तिम विकल्प भने हैन । जनता भित्र थुनिएका छ्न । हजारौं को रोजगार गुमे सगै लाखौं पढ्ने बिद्यार्थी को जन जीवन प्रभावित बन्दै गएको छ ।

अब सरकार ले बिज्ञ हरु को सल्लाह को आधार मा मोडालिटी चेन्ज गरेर कोरोनाको सन्त्रास बिच नागरिक को जनजीवन सहज ता बनाउनुको बिकल्प छैन । अब जनता सडक मा आउन बाध्य भैसके रोग ले भन्दा भोक ले मर्ने अबस्थामा पनि ध्यान नदिने हो भने अझ सरकार प्रती विश्वास घट्ने पक्का छ । समयमै ध्यान दिने हो कि

प्रकाशित मिति २६ जेष्ठ २०७७, सोमबार ०६:५३