काठमाडौं,

रसियाले कोरोना भाइरस विरूद्धका लागि भनेर विकास गरेको एन्टिभाइरल औषधि फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृत दिएको छ।

रसियाले स्वीकृत दिएसँगै अर्को हप्ताबाट रसियाका सबै फार्मेसीमा पाइने बताइएको छ।

कोरोना भाइरसको सबैभन्दा पहिलो खोप दर्ता गराएको रसियाले ‘कोरोनाभिर’ एन्टिभाइरल औषधि बनाएको बताएको छ ।

कोरोना संक्रमणबाट जटिल अवस्था भएकादेखि सामान्य अवस्थामा रहेकाहरूका लागि पनि यो औषधि प्रयोग गर्न पाइने बताइएको छ।

आर–फर्माले कोरोनाभिर बनाएको हो। कोरोनाको औषधि पत्ता लगाउने दाैडमा रसिया सबैभन्दा अगाडी रहेको छ।

कोरोनाको खोप रसियाबाट धेरै राष्ट्रहरूले किन्ने घोषणा गरिसकेका छन्।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार १६:१६