क्वारेन्टाइन,

क्वारेन्टाइनमा बसेकी युवती र सुरक्षाकर्मी एकै बेडमा रंगेहात समातिए । बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन्। क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला >>

जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङ बजार स्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए राति १२ बजेको समयमा अति आपत्तिजनक घटना भएको बुर्तिवाङ बजारको घरघरमा चर्चा छ। क्वारेन्टाईनमा बस्ने युवाहरुले क्वारेन्टाईनको अर्को कोठामा बस्ने एक युवती र एक जना सुरक्षाकर्मीलाई आपत्तीजनक अवस्थामा देखेपछी तत्कालै यसको जानकारी प्रहरी लगायत सरोकारवाला निकायलाई फोनबाट दिएपछी घटना छताछुल्ल भएको हो।

बिहिबार बिहान करिब ८ बजे ईलाका प्रहरी कार्यालयका प्रमुख, सुरक्षामा खटिएका नेपाल आर्मीका ईन्चार्ज लगायत अन्य केही विशेष व्यक्तिहरु बसी छलफल गरेपछि निज युवती र घटनामा संलग्न नेपाल आर्मीका ती जवान दुवैलाई सम्झाइएको बताइएको छ। त्यसपछि मध्यरातको समयमा गलत हर्कत गर्न खोज्ने ती सुरक्षाकर्मीलाई विभागीए कार्वाही गर्ने टोलीका इन्चार्जले आश्वासन दिएको बताइएको छ। क्वारेन्टिनमा रहेकी युवतीसंग गएर भेटघाट गरेका कारण अहिले उनलाई आर्मीको छुट्टै क्वारेन्टिनमा राखिएको एक स्रोतले बताएको छ।

तमानखोला गाउँपालिकाकी ती युवती १२ दिन पहिले भारतको दार्जीलिङबाट आएर ढोरपाटन नगरपालिकाले निर्माण गरेको उत्तरगंगा मा.वि.को क्वारेन्टिनको ४ नम्बरको कोठामा बस्दै आएकी थिइन। उक्त घटना घटेपछि उनलाई स्थानीय पालिकाको समन्वयमा तमनखोला गाउँपालिकाकै क्वारेन्टिनमा आज विहान पठाइएको स्रोतले बताएको छ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल आर्मीको एक टोली दुई महिना पहिले नै कोरोना जोखिमको न्यूनीकरण र सुरक्षाको लागि भन्दै बुर्तिबाङको उत्तरगंगा मा.वि.को विद्यालय भवनमा बस्दै आएको छ। अहिले उक्त क्वारेन्टिनमा ६ जना महिला सहित ४४ जना भारतबाट आएका व्यक्तिहरु क्वारेन्टिनमा बस्दै आएका छन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोला >>

प्रकाशित मिति ४ कार्तिक २०७७, मंगलवार १७:०६