काठमान्डौ,

सीमामा हुने तस्करी रोक्न खोजेपछि तस्करहरुको समूहले प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ह’त्या गरेका छन्।कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज रहेका बिकको श’व यही कार्तिक २ गते फेला परेको थियो भने उनीसँगै गस्तीमा गएका प्रहरी जवानको श’व मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घ’ट’नामा संलग्न रहेको भन्दै प्रहरीले ७ जनालाई प’क्राउसमेत गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर प’क्रा’उ परेका ७ जनालाई सार्वजनिक गरेको छ।कैलाली प्रहरी प्रमुख एसपी दीलिपसिंह देउवाले घ’ट’ना योजनावद्ध रुपमा भएको जानकारी दिए।

उनका अनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणमा असई बिकले महत्वपूर्ण सफलता पाएका थिए। उनको क्रियाशिलताका कारण त’स्क’रहरुलाई त’स्क’री गर्न अ’व’रोध भएपछि उनको ह’त्या गरिएको उनले बताए।गस्तीमा असईसँगै गएका जवान साउदको पनि तस्करहरुले धारिलो ह’ति’या’र प्र’हा’र गरी ह’त्या गरेको बताए।

ह’त्या आ’रो’पमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३९ वर्षीय रोहित राना, सोही स्थानका २३ वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामविलास राना, २९ वर्षीय दलराम राना र धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को २५ वर्षीय रामगोपाल रानालाई प’क्राउ गरेको छ। प्रहरीले प’क्रा’उ परेका आ’रो’पीहरुले अ’प’रा’ध स्वीकार गरेको जनाएको छ। प्रहरीले उनीहरुमाथि ह’त्या अभियोगमा मु’द्दा चलाएको छ।

प्रकाशित मिति ४ कार्तिक २०७७, मंगलवार १७:२९