बुटवल : नौवहिनी गाउँपालिका १ चौतारा स्याउलीवाङ प्यूठानका ३८ वर्षीय बोमबहादुर मल्ल खरले छाएको झुपडी मर्मत गर्ने योजनामा थिए। दैनिकी गुजारा त जसोतसो चलाइरहेका थिए।

तर, गत शुक्रबार त्यही झुपडी सजाउने मिठो कल्पनासहित परिवारसँगै सुतेका उनी  कहिल्यै नउठ्ने गरी ढले। उनी एक्लै मात्रै ढ’लेनन् आफूसँगै सुतेकी जीवन संगिनी र मुटुको टुक्रा छोरालाई लिएर सदाका लागि अ’स्ताए।

जस्तापाताले घर रंगाउने सपनालाई साकार पार्दै थियो नौवहिनी गाउँपालिकाले । विपन्न घरमा जस्तापाता लगाउने कार्यक्रमअन्तर्गत मल्लले गत शुक्रबार त्यसको चाँजोपाजो गर्दै थिए ।पुरानै घरमा जस्तापाता लगाउन नमिलेपछि उनले एक हात जति गारो लगाउँदै थिए । त्यसका लागि ढुंगा जम्मा गरेर राखेका थिए ।

शुक्रबार खाना खाएर उनी सहित ३३ वर्षीया श्रीमती गमी मल्ल र ढाइ वर्षीय छोरा मेघराजसँगै सु’ते । तीन बहिनी छोरीहरु अर्को कोठामा र जेठी छोरी मामा घर गएकी थिइन् ।

एक्कासी सँगै सुतेका श्रीमान, श्रीमती र ढाइ वर्षीय छोरालाई घर बनाउन राखेका ढुं’गाले च्या’प्यो । माथिको तला पूरै भत्कियो । त्यही तलामुनि तीनैजनाले प्रा’ण त्यागे। अर्को कोठामा सुतेकाले तीन बहिनी छोरीहरु भने बाँच्न सफल भए ।

पाँच सन्तान र श्रीमतीको पालनपोषण मल्लले मजदुरी गरेर चलाएका थिए । अर्घाखाँचीमा घर बनाउने मिस्त्री काम गर्दथे मल्ल । गाउँपालिकाले जस्तापाता दिएपछि खुसीले उनी घर छाउन आएका हुन् । जस्तापाताले रंगिएको घर देख्न त पाएनन्, नाबालक चार छोरीलाई विचल्लीमा पारेर मृ’त्युको मुखमा पुगे। ।

जेठी छोरी कुमारी मल्ल १५ वर्षकी भइन् । उनी ६ कक्षामा पढ्छिन् । १२ वर्षीय करिष्मा तीन कक्षामा, ९ वर्षीया साइली गंगा दुई र ७ वर्षीया कान्छी छोरी सपना  एक कक्षामा पढ्दैछन् । बुवा, आमा र कान्छो भाइको मृत्युपछि उनीहरु बेसहारा बनेका छन् । मामा घर गएकी जेठी छोरी कुमारीले घर आउँदा बुवा, आमा र भाइलाई घरभित्र पुरिएको अवस्थामा देखेपछि गाउँलेलाई खबर गरेकी थिइन् । उनको घर एकान्तमा भएकाले गाउँलेले उनीहरुलाई उद्दार समेत गर्न पाएनन् ।

उनीहरुको अहिले न बस्ने बास छ, न सहाराका लागि कोही आफन्त । बाल्खैमा उनीहरु बेसहारा बनेका छन् । ‘बि’चल्ली छोरीलाई कसको जिम्मा लगाउने भन्ने बारेमा छलफल गर्दैछौं’,वडा अध्यक्ष शेरबहादुर सेनले भने, ‘भ’त्किएको घर बनाउन वडा कार्यालयले अगुवाइ गर्छ ।'(अन्नपूर्ण पोष्ट बाट)

प्रकाशित मिति १० जेष्ठ २०७८, सोमबार ०८:१२