म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती हाम्रा दुई छोराछोरी सानो सुखी परिवार ।

काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो । घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो ।

एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू । किन र तिमी पनि जाऊ न इजरायल १ अब त केटाकेटी पनि ठूला हुँदै गए भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ ।

किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ । हामीले कहिले आफ्नो घर बनाउने । सधैँ यही तीन कोठामा जिन्दगी बिताउने । भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न १ श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो ।

आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा श्रीमान्ले मलाई इजरायल जाने सबै व्यवस्था मिलाई दिनुभयो ।

प्रकाशित मिति १० जेष्ठ २०७८, सोमबार १३:२६