एजेन्सी । जस्लाई देख्यो उसैसाग प्रेम रोमान्स र बिहे गर्ने धेरै हुन्छन् ।

तर रुसको साइबेरियाकी ४० वर्षकी तातियाना नामकी महिलाले भने प्रेममा परेका युवकबाट बच्चा समेत जन्माउँदै आएकी छिन् । हाल २५ वर्षे युवक एगन गोलुस्कोवासँग प्रेममा रहेकी उनी अहिले उनैसँग बिहे गरेर घरबार सम्हालेर बसेकी छिन् ।

उनले पति फेरे पनि आँफुले पाएका बच्चा भने जुन पतिसँग गयो उसैसँग राख्ने माग गर्छिन् । जसका कारण उनका पछिल्ला पछिले यतिधेरै परिवार पाल्न नसक्ने भन्दै उनलाई छाडीदिएका हुन् ।

नयाँ प्रेमी र पति एगनलाई भने उनले सबै कुरा खुलाएपछि स्विकारेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

चर्चित गायिका श्रेयाघोषाल आमा बनेपछि
नेपाली फिल्म ‘धड्कन’को ‘नाच्छ यो मन’ सहित ‘छाएछ वसन्त’, ‘सयौं काँडा’, ‘तिमी आयौ’ लगायत थुप्रै गीत गाएकी भारतीय गायिका श्रेयाघोषाल आमा बनेकी छन् । ३७ बर्षीया गायिकाले शनिबार छोराको जन्म दिएकी हुन् ।
गायिका घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन् ।

श्रेयाले लेखेकी छन् ‘भगवानले आज बेबी ब्वाइको रुपमा महत्वपूर्ण आर्शिवाद दिनु भएको छ । अहिलेको जुन भावना छ त्यो पहिले कहिलै महसुस भएको थिएन ।’ घोषालले आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

श्रेयाले गत मार्चमा एक बेबी बम्प तस्बिर सार्वजनिक गर्दै आफ्नो प्रेग्नेन्सीको बारेमा जानकारी दिएकी थिइन् । घोषाल र शिलादित्यको बिवाह सन् २०१५ मा भएको थियो । दुबै सानैदेखिका साथी हुन् ।

प्रकाशित मिति १० जेष्ठ २०७८, सोमबार १८:१५