उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो । इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी कराँतेकी बिमला तामाङले अमेरिकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् । बिमलाले केही महिना पहिला पनि अमेरिकामा भएको १५ औ ओकिनवान कराते कोबुदो स्वर्ण जितेकी थिईन्द ङका ध्रुवविक्रम मल्ल मुख्य प्रशिक्षक रहेको बालाजु कराँते डोबाट प्रशिक्षित बिमला केही वर्ष देखि अमेरिका मै रहँदै आएकी छिन् । धेरै भन्दा धेरै बधाई छ स्वर्ण पदक जित्न सफल भएकोमा बिमला तामाङलाई । धादिङ जिल्लाको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङकी बिमला तामाङले अमेरिकामा भएको खेलमा स्वर्ण पदक जितेकी छिन्
अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा धादिङकी बिमला तामाङले स्वर्ण पदक जितेकी हुन् । धेरै भन्दा धेरै बधाई छ स्वर्ण पदक जित्न सफल भएकोमा बिमला तामाङलाई

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार १३:४२