चीनपछी युरोप र अमेरिकामा कोरोना संक्रमण फैलन थाले पछि ती मुलुकहरुमा लकडाउनको घोषणा भयो । यो दक्षिण एसियामा पनि फैलिइ सकेको छ भन्ने संकेत देखिएपछि भारतसँग खुला बोर्डर रहेको नेपालले सिमाना बन्द गरेर आवत जावत बन्द गर्नु पर्छ भन्ने आवाज मेडियाहरुले उठाउन थाले । लकडाउन सरेर दक्षिण यसियाली मुलुकसम्मै आएपछी नेपालमा पनि लकडाउन गर्नुपर्छ भनेर सरकारलाई घच्घचाउने काम पनि मेडियाहरूले गरे । मेडियाहरूले ठिकै कुरा उठाए, सरकारले बोर्डर सील गरेर लकडाउनको घोषणा गर्याे लकडाउनको अर्थ जो जहाँ छ त्यहाँबाट सार्वजनिक ठाउँमा हिडडुल बन्द गर्ने भन्ने नै हो ।

यस्तो कडाइ किन गरियो त ? यसले मान्छेको जीवन कष्टकर बनाउने भो, काम गरेर खाने मजदूरहरु ब्यरोजगार हुने भए, जागीरको सिलशिलामा सहर बसेका जागिरेहरू फूर्सदिला हुने भए र फुर्सदमा समेत शहर बाहिर रहेका आफ्ना परिवारसँग बस्न, भेटघाट गर्न समेत नपाईने भयो । यसो किन गरियो त भन्दा विश्व स्वास्थ्य संगठन लगायत कोरोना भाईरसको सम्बन्धमा अनुसन्धानमा लागेका बैज्ञानीकहरुले भने ‘यो भाईरस सँग खेलबाड नगरौ, यो अलिकती पनि चुक वा कम्प्रोमाइज गर्ने बिषय हैन । मानव जगतमै आक्रमण भएको यो युद्धको बेला हो । सबैले लकडाउन पालना गरौं । कष्ट होला तर हामीलाई आइलागेको यो समस्या यस बेला बिकल्पहिन बनेको छ । जीवन रक्षाका निम्ती सबैले अधिकतम स्तरको प्रयास जारी राख्नु जरुरी छ ।’ संसारको यो बिपत्तीलाई सबै भन्दा नजिकबाट नियाल्नेहरूले यस्तो चेतावनी दिएपछी नजर अन्दाज गर्ने कुरै थिएन। यसको रूप चीनको युहानमा देखिसकिएको थियो ।

तर दुर्भाग्य! हिजो अन्तराषर््िट्रय बोर्डर शिल गर्नु पर्छ,अन्तरराष्ट्रिय जहाज बन्द गर्नु पर्छ भनेर सरकारलाई दवाब दिने मेडियाहरु आज आँफैले देखेको त्यो समस्याको आज उल्टो व्याख्या गरिरहेछन । भारत लगायत विश्वमा भएका नेपालीहरुलाई नेपाल आउन दिनु पर्छ । सरकारले जहाज पठाएर भएपनी ल्याउनु पर्छ भनेर बिदेशमा छट्पटाएका नागरिकहरुको तस्विर र भनाइ प्रस्तुत गर्दै सरकारको आलोचना गरिरहेछन । भारतमा समेत लकडाउन भएपछी त्यहाँ रोजगारी गर्न गएका नेपालीहरू बोर्डरमा ठुलो सख्याँमा जम्मा भए, कती मान्छे पिथौरागढतर्फबाट महाकालीमा हाम्फालेर नेपाल प्रवेश गर्न खोजेको तस्वीर समेत देखाएर मेडियाले प्रस्तुत गरे । बिदेशमा रहेका नेपालीहरुलाई आफ्नो देश फर्किन नदिने अधिकार सरकारलाई कसले दियो भनेर केही मेडिया र कथित बुद्दिजिवीहरूले समेत सरकारको चर्को आलोचना गर्न थाले । गढ्ढा चौकी नाकामा भेला भएका नेपालीहरूलाई केही खुकुलो गरेर, दुरी कायम गरेर नेपाल प्रवेश गराउ भन्दा अब्यवस्थित ढंगले हजारौको जुलुश प्रवेश गरेपछी तिनै तस्विर प्रस्तुत गरेर पुन तिनै मेडियाले भारतको कोरोना संक्रमण नेपालका पश्चिमका जिल्लाभरी फैलिएको भनेर प्रचार गरे, सरकारको चर्को आलोचना गरे। मुलुक भित्र लकडाउन उलंघन भएका घटनाहरु देखाएर सरकारले लकडाउन पालना गराउन नसकेको भन्ने चर्चा मात्रै चलेन, त्यसको केही दिन पछी काठमान्डौ लगायत देशका बिभिन्न सहरमा काम गर्ने मजदूरहरु उपत्यका बाहिर घर जान हिंडेको, दुःख पाएको तस्विर प्रस्तुत गरेर तिनलाई घर जान सरकारले ब्यवस्था किन नगरेको? एकदुइ दिन लकडाउन खोलेर किन घर नपुर्याइदिएको, बसमा दुरी कायम गराएर बसाएर भएपनी किन घर जान नदिएको भनेर अहिले श्रृंखलावद्ध रूपमा सरकार माथि प्रहार गर्ने काम भैरहेको छ ।

भारतमा लकडाउन भएपछी घर जान सडकमा निस्केका करोडौ मान्छेको हुल हामीले देख्यौ, भारतमा पनि सरकारले पुर्व जानकारी नदिकन लकडाउन गरेर गल्ती गर्याे भनेर आलोचना भयो । लकडाउन किन गर्नुपर्यो भन्दा एकठाँउमा बसेका नागरिकमा यदी संक्रमण रहेछ भने हिडडुल भेटघाट गर्न दिए, एक ठाउँबाट अर्को ठाउँ जान दिए संक्रमण पनि सँगै जान्छ र त्यसले देशभरी अनियन्त्रित ढंगले संक्रमण सार्छ र नागरिकको जीवन सोत्तर हुन्छ भनेर हो, जुन कुरा विश्व स्वास्थ्य संगठन र यो नयाँ रोगको अध्ययन गरिरहेका बैज्ञानिकहरूले कडा र बारम्बार चेतावनी दिदै आएका छन । तर भारतमा मान्छेहरुको भिड सम्हाली नसक्नु भएपछी केही ब्यवस्थित गर्न सकिन्छ कि भनेर केही प्रदेशका मुख्य मन्त्रीहरूले नागरिक ल्याउन यातायातको ब्यबस्था गरे । भारतको उत्तरप्रदेश सरकारले दिल्लीमा अलपत्र परेका आफ्ना नागरिक ल्याउन हजारौ बसको ब्यबस्था गर्याे। त्यो सुनेपछी सडकमा न आएका नागरिक समेत, समस्यामा नपरेका नागरिक समेत घर जान दिल्लीको सडकमा उत्रिए । भारतमा यसले देशैभरी संक्रमण झन बढायो भन्ने कुरा द्रुतगतिमा बढीरहेको संक्रमित र मृत्यु हुनेहरूको सख्यांले देखाउछ । भारतमा पहिलो लकडाउन अवधी सकिएको दिन भ्रम फैलियो कि सरकारले अब एक दुई दिन घर जान चाहनेहरुको निम्ती लकडाउन खोल्दैछ । यस्तो भ्रमले मुम्बैको रेल्वे स्टेसनमा घर जान हजारौको भिड जम्मा भयो । त्यसै दिन प्रधानमन्त्री मोदिले लकडाउन अवधी ३ मे सम्मको लागि बढाए । रेल्वे स्टेसनमा भिड अनियन्त्रित भएपछि प्रहरीले लाठी चार्ज गर्नुपर्यो । त्यहाँका मुख्यमन्त्री ठाकरेले समस्यामा परेका मजदूरहरुलाई ब्यबस्थापन गर्छौ, घर नजानुस भनेर आव्हान गर्दा थुप्रै मजदूरले भने ( हामी आफ्नै घर बिहार, युपी जान चाहन्छौ। यहाँ काम पनि छैन, परिवारमा बस्न पनि पाइएन, घरमा परिवार बालबच्चा डराएर बसेका छन । हामीलाई खान बस्न यहाँ दिएपनी हामी घर जान चाहन्छौ। )यस तथ्यले के बताउछ भने कोरोना संक्रमणको गम्भिर्यता बुझेका नागरिकलाई त लकडाउन पनि नचाहिएला, बलपुर्वक यसलाई किन पालना गराउनुपर्याे भन्दा सबै नागरिकले यसको संवेदनशीलता बुझ्दैनन । उनिहरूलाई हिडडुल वा आवाज जावतमा बन्देज नलगाउने हो भने तिनको आफ्नै ज्यान समेत जान्छ । नागरिकको सुरक्षा गर्नु राज्यको मूल दायित्व हो। अमेरिका जस्तो मुलुकका नागरिक हिजो मात्रै न्युयोर्कको सडकमा उत्रेर बजार ब्यबसाय खोल्न पाउनुपर्यो भन्ने नारा लगाए । राष्ट्रपती ट्रम्पले अर्थतन्त्र अब खुला गर्ने भन्दा त्यहाँका स्टेट गभर्नरहरु मानिरहेका छैनन । यसले ठुलो द्वन्द्व सिर्जना गरेको छ । त्यती मात्रै हैन ट्रम्पको यस भनाइमा कडा असहमती जनाउदै विश्व स्वास्थ्य संगठनका प्रमुखले राष्ट्रपती ट्रम्पलाई कडा चेतावनी दिदै भने‘ कोरोना भाईरस माथि राजनीति बन्द गरियोस, यदी त्यसो नगर्ने हो भने बोरामा आफ्ना नागरिकको लाश भर्न तयार भए हुन्छ । यसो गर्नु भनेको आगोसँग खेल्नु जस्तै हो, यसले डढेलो लगाउछ र समाप्त पार्छ। ’

अन्तमा ः यो देशका बुद्दिजिवी, पत्रकार, राजनीतिज्ञ, नागरिकसमाज जसले यस महामारिको गम्भियर्ता बुझ्छन, उनिहरुले समेत कहिले लकडडाउन गर भन्ने, कहिले बिदेशका आफ्ना नागरिक किन घर आउन नदिएको भन्ने, कहिले खुला बोर्डरबाट नागरिक छिरे , सरकारले रोक्न सकेन, संक्रमण सरकार आँफै फैलाइरहेको छ भन्ने, कहिले आफ्नो घर भन्दा बाहिर पेशा मजदूरी गर्न गएका नागरिकलाई घर जाने ब्यबस्था सरकारले किन गरेन भन्ने ( हरेक कुरामा समस्या मात्रै देखाउने, यसो गरेपनी समस्या, उसो गरेपनी समस्या र एउटै बिषयलाई फर्काइ फर्काइ समस्या देखाउने, नागरिकलाई राज्यको आदेश पालना नगर्न उक्साउने र सरकारको बिरोध मात्रै गरिरहने कुराको उदेश्य के हो, नियत के हो यसले हामीलाई गम्भीर बनाएको छ ? के राज्य भनेको केन्द्रमा रहेको सरकार मात्रै हो? यो देशका आम बुद्दिजिवीहरुको राज्यप्रतिको जिम्मेबारी केही छैन? त्यस्ता मान्छेहरुको निम्ति यो देश डेरा मात्रै हा े? प्रश्न के हो भने ( लकडाउन रहर हैन बाध्यता हो, चाहना हैन कठोर आवश्यकता हो ) यो दुनियाँ संसारले भनिरहेका छन । संसार यसले आफ्नो अर्थतन्त्र सखाप बनाउने भो, अर्बौ नागरिक बेरोजगार बनाउने भयो भन्ने प्रष्ट हुँदा समेत कोरोना भाईरससँग सम्झौता गर्न सकिरहेका छैनन। जीवन नै नरहे अर्थतन्त्र के काम ? पेशा ब्यवसायको के अर्थ ? त्यसैले यो कठिन घडी हुँदै हो। कसैको जागीर गएका होलान, कसैको ब्यापार डुबेको होला, कसैलाई बैंकको ऋणले च्यापिरहेको छ, किसानले आफ्नो उत्पादन बजार लान सकिरहेका छैनन, मजदूरहरु अलपत्र परेका छन ( यि सबै कुरा सत्य हुन तर यसबेला हाम्रो मात्रै हैन संसारसँग यस दुखद घडीको सामना गर्नुको विकल्प छैन। त्यसैले आत्तिएर घर जान खोजेका, बिदेशबाट अहिले देश फर्किन चाहनेहरुको पिडा देखाएर सरकारको आलोचना गर्नु र नागरिक उचाल्नु भनेको आफ्नै समाजको मृत्युपत्रमा हस्ताक्षर गर्ने कुरा हो यस्तो कृयाकलाप तत्काल बन्द गर्नु पर्छ देशको अर्थमन्त्री युवराज खतिवडा संक्रमित मान्छे भेटिएको अपार्टमेन्टमा गएका थिए, उनले किन सरकारको निर्देशन पालना गरेनन भनेर झुटो समाचार लेखेर अर्थमन्त्रीले आफुलाई किन क्वारेन्टाइनमा राखेनन भन्दै दुई दिन अघी लेख्ने मेडियाका साथीहरु २ दिन पछी उपत्यका छोडेर घर हिंडेका मजदूरहरुको तस्विर देखाउदै सरकारले तिनलाई घर जाने ब्यबस्था किन नगरिदिएको ? तिनको दुःख किन नदेखेको भनेर सरकार सराप्दै छन । आखिर साथीहरु के चाहन्छन? यसको बदलामा हामीले उठाउनु पर्ने बिषय भनेको नागरिकलाई लकडाउन पालना गर्न प्रोत्साहित गर्न े। दुःख पाएका र अलपत्र परेका नागरिकलाई खान बस्नको ब्यबस्था गर्न केन्द्र सरकार, प्रदेश सरकार, स्थानिय सरकार, मजदूर संगठनहरु, उधोेगीहरू जहाँ मजदूरले काम गर्थे, तिनलाई दबाव दिने, सल्लाह दिने कुरा हैन र ? हरेक कुरा केन्द्र सरकारको मात्रै जिम्मेबारी हो भनेर पन्छिने अवस्था हो र यो? केन्द्र सरकारले खान नपाएर नागरिक मर्न दिनेछैन, त्यसको निम्ती आवश्यक ब्यबस्था सरकारले गर्छ भनेको छ । प्रदेश सरकारहरुले आँफै पनि यसको ब्यबस्थापनको निम्ती करोडौको कोष घोषणा गरेका छन तर त्यसको ब्यबस्थापनमा पर्याप्त ध्यान नदिदां नागरिकहरू अफ्ठेरोमा परेका छन। यो जिम्मेबारी प्रदेश सरकार हुँदै वडा तहसम्मका सरकारहरू, राजनीतिक दलहरू, भातृसंगठनहरु, मजदूर संगठनहरु, उधोेगी ब्यापारीहरू, निर्माण ब्यबसायिहरुको हैन र? केही गर्न नसक्नेले कमसेकम यस्तो समस्याको सुचना दिने काम त गर्न सक्छन । तर यहाँ त समस्याको विवरणसम्म पनि तयार नगर्ने, त्यसको ब्यबस्थापनमा ध्यान पनि नदिने र केवल देशको टोल टोल घरघरसम्म फैलिएको समस्यामा केन्द्र सरकारको मुख ताक्ने र आलोचना गर्ने काम भएका छन। यसलाई तत्काल सच्याउन जरुरी छ । त्यसो गर्न हामी तयार भएनौ भने केन्द्र सरकारको बिरोध गर्ने नाममा, विश्वस्वास्थ्य संगठनले भने झै हामी सारा नागरिकको लास बोरामा भर्न तयार हुनु पर्ने स्थिती आउन सक्छ । चेतना भया!! गुरू भट्टराईको फेसबुकबाट सभार

प्रकाशित मिति ५ बैशाख २०७७, शुक्रबार १३:००