काठमाडौ,

 

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन थप कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताएका थिए ।

मन्त्रिपरिषद् बैठककै बीचमा पर्सा, रुपन्देही र कपिलवस्तुमा आज मात्रै ५७ जनामा संक्रमण पुष्टि भएको खबर पुगेपछि प्रधानमन्त्री पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट असन्तुष्ट देखिएका िथए । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे हुन् ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै आजै अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ । स्रोतका अनुसार पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले लकडाउन थप कडा हुने सम्भावना उच्च रहेको छ ।(golmediakhabar.com बाट साभार )

>>>यो पनि हेर्नुस >>>आज राती ८ बजे देखी बीरगंजमा कर्फयु !!<<<

बीरगन्जमा आज राति ८ बजेदेखि कर्फु लगाइने भएको छ । पर्सा जिल्लामा ६४ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आज रातिदेखि कर्फयु लगाइने त्यहाँको स्थानिय पत्रिका प्रहार दैनिकले जनाएको छ ।

कर्फयु कुन कुन समयमा खोल्ने भन्नेबारेमा विस्तृत जानकारी प्राप्त भैरहेको छैन । यसबारेमा हाम्रा सम्बाददाताहरुले थप जानकारी ल्याउने कोशिस गरिरहेका छन् ।केही समयपछि हामी थप जानकारी अपडेट गर्नेछौं ।

आज साँझमा थप १७ जनामा कोरोना संक्रमण भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । आज मात्र ७४ जना नयाँ संक्रमित फेला परेका हुन् । यो नेपालको लागि नयाँ रेकड हो । यसअगाडी यति ठूलो संख्यामा संक्रमितहरु फेला परेका थिएनन् ।

प्रकाशित मिति ३० बैशाख २०७७, मंगलवार ११:४३